सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सुशीला कार्की नेतृत्वको सरकार नेपालीको होइन : केपी ओली

बिहीबार, २३ असोज २०८२, १३ : ३७
बिहीबार, २३ असोज २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार नेपालीको नभएको आरोप लगाए।
  • ओलीले गृहमन्त्रीलाई नचिनेको र राजनीतिलाई ख्यालठट्टा नगर्न चेतावनी दिए।
  • ओलीले वर्तमान सरकार चुनाव गराउनभन्दा अन्य काममा लागेको आरोप लगाए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो’, ओलीले भने, ‘उहाँलाई राम्ररी थाहा छ– संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’

उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए । 

ओलीले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गरेको भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए । उनले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

  पूर्वप्रधानमन्त्री ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप