संसद् पुनर्स्थापना हुनुपर्छ, नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ : केपी ओली
सारांश
- केपी शर्मा ओलीले संसद पुनर्स्थापनाका लागि आन्दोलनको आँधी सिर्जना गर्नुपर्ने बताए।
- ओलीले वर्तमान संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक दाबी गर्दै प्रतिवादको समय आएको बताए।
- उनले भ्रष्टाचार, अव्यवस्था र असुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने र सुशासनका लागि युवाले नेतृत्व गर्नुपर्ने बताए।
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाका लागि नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गर्नुपर्ने बताएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिलेको संसद् विघटन असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गर्दै यसको पुनर्बहालीका लागि अब प्रतीक्षा होइन, प्रतिवादको समय आएको बताए।
’कतिपय भन्छन्, फागुन २१ गतेसम्म पर्खौँ, चुनाव भएन भने माग गरौँ,’ ओलीले भने, ’पर्खिनु पर्ने अवस्था छैन। अहिले नै नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’
उनले देशमा संविधान, संसद् र लोकतन्त्र मेट्न खोज्ने प्रयासलाई कसै पनि सहन नहुने भन्दै जनतालाई सतर्क रहन आग्रह गरे। ’हामी संविधान मासिन, संसद् मासिन दिन्नौँ,’ उनले भने, ’देशको रक्षा गर्न नागरिक स्वयं तयार हुनुपर्छ।’
ओलीले देशमा बढ्दो भ्रष्टाचार, अव्यवस्था र असुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै एमालेले सुशासन र भ्रष्टाचारविरुद्धको साझा अभियान निरन्तर चलाउने बताए। ’म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न,’ उनले दोहोर्याए, ’देशमा सुशासन कायम गर्न अब युवाले अगुवाइ गर्नुपर्छ।’
उनले जेनजी आन्दोलनका केही मागहरूलाई उचित ठहर गर्दै पनि भदौ २३ र २४ गतेका हिंसात्मक घटना योजनाबद्ध रूपमा गराइएको आरोप लगाए। ’गोलीकाण्ड, आगजनी र तोडफोड देश अस्थिर बनाउने षड्यन्त्र थियो,’ ओलीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण