विघटित संसद् पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्छ : केपी ओली
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेका छन्।
- उनले भक्तपुरमा आयोजित कार्यक्रममा संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए।
- ओलीले देशलाई सही बाटोमा फर्काउन संसद् पुनर्स्थापना आवश्यक रहेको बताए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन्’, उनले भने ।
ओलीले जेनजी विद्रोहलाई भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गरेको भन्दै आपत्ति जनाए । साथै देशलाई संवैधानिक प्रणालीमा ल्याउन अर्को बाटो नभएको उनले जिकिर गरे ।
उनले भने– ‘भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गर्न खोज्ने ? देशलाई लोकतान्त्रिक प्रणालीमा फर्काउन अर्को बाटो छैन । त्यसो गरेनौँ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरूलाई हामीले स्विकारेर मान्यता दिएर अगाडि बढ्न खोज्यौँ भने देश बर्बादमा पुग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण