खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
सारांश
- हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।
- सन्चारमन्त्री र राखेपका सदस्य-सचिवले हुलाक टिकटमा टाँचा लगाए।
- विश्वकपमा सहभागी खेलाडीको सम्मानमा हुलाक टिकट निकालिएको हो।
काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाउनु भयो ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू १९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।
यस्तै महिला क्रिकेटको उमेरसमुह अन्तर्गत यु १९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण