जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति
काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ ।
अर्थ मन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका भन्सार कार्यालयहरूमा मात्रै करिब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरूमा ८६ करोड ३२ करोडको क्षति भएको बताए ।
उनले भन्सार आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत आगजनीले क्षतिग्रस्त बन्द उक्त रकम बराबरको क्षति भएको बताए ।
उनले भने,‘झापा, इटहरी, विराटनगर, लहान, जनकपुर, सिरहा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका १० वटा आन्तरिक राजस्व कार्यालय लगायत देशभरका भन्सार कार्यालयमा गरी ४७ करोड क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’
उनले अर्थ मन्त्रालयको मात्रै ३९ करोड ३२ लाख रुपैयाँ क्षति भएको जानकारी दिए ।
मुख्यतया सवारी साधन र कार्यालयका सामानहरूमा क्षति पुगेको छ । भवनको क्षति भने समावेश नगरिएकाे प्रवक्ता पाण्डेयले जानकारी दिए ।
आगजनीबाट अर्थ मन्त्रालयमा १६ वटा चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका थिए ।
अर्थमन्त्रीले चढ्ने सवारीसाधनसहित १६ वटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेका थिए भने अतिरिक्त शिक्षा शाखामा प्रयोग भइरहेका २२ वटा चारपाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति र ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटरमा पूर्ण क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण