जेनजी आन्दोलनमा ध्वस्त भएको उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन प्रतिवेदन हेर्न सुरु
बुटवल । जेनजी आन्दोलका क्रममा आगजनी गरिएको उच्च अदालत तुलसीपुर बुटवलमा बिहीबारबाट निवेदन प्रतिवेदन हेर्न सुरु गरिएको छ ।
यसअघि निवेदन लिने, बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्नेजस्ता काम भए पनि आजबाट निवेदन प्रतिवेदन हेर्न सुरुबाट गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । जसअनुसार आज ३५ वटा मुद्दाको पेसीका लागि ५ वटा संयुक्त र एउटा एकल इजलास चलिरहेको उनले बताए । तर ती ३५ मुद्दामध्ये सम्बन्धित व्यक्तिहरू नआउँदा रोकिन सक्ने उनको भनाइ थियो ।
अदालतले भोलि शुक्रबार केही पेसी तोकिए पनि आइतबारबाट अन्य चालु मुद्दाको साप्ताहिक सूची सार्वजनिक गर्ने कुँवरले जानकारी दिए । उनका अनुसार साप्ताहिक पेसी तोकेर मिसिल सुरक्षित रहेका तथा अन्य अंग पुगेका मुद्दाहरूको सुनुवाइ आइतबारबाट हुनेछ ।
नष्ट भएका मिसिल जुटाइँदै
भदौ २४ गते दिउँसो भएको तोडफोड र आगजनीका कारण अदालतका २२ हजार २ सय २७ थान मिसिल नष्ट भएका छन्, जसमा चालु मुद्दाका ३ सय मिसिल छन् । अभिलेख पनि जलेको छ भने सफ्टवेयर पनि नष्ट भएको छ । अहिले मिसिलहरू संकलन गर्न रजिस्ट्रारको अध्यक्षता एउटा समितिले गठन गरिएको छ, उक्त समितिले मिसिलको नष्ट कागज पत्र संकलन गर्ने र प्रामाणिक काम गर्ने छ ।
कुँवरले नष्ट भएका चालु मिसिलहरू खोजीका लागि पक्ष–विपक्षसँग सम्पर्क गर्ने बताए । साथै सर्वोच्चको सफ्टवेयर पनि निर्माण क्रममा रहेकाले त्यसबाट केही आउने उनले आशा व्यक्त गरे ।
जिल्ला अदालत, सरकारी वकिल कार्यालय तथा अन्य निकायसँग समन्वयन गरेर नष्ट भएका मिसलहरू संकलन पनि गरिने उनले बताए । संकलित प्रमाणलाई फेरि रजिस्ट्रारको नेतृत्वमा बनेको समितिले प्रमाणीकरण गर्नेछ । यस्तै अदालतले आफ्नै सफ्टवेयर पनि बनइरहेकाले केही डकुमेन्टहरू त्यहाँबाट आउनेछ । न्यायालयमा वास्तविक कागजपत्र र प्रमाणसहित आएपछि मात्रै बल्ल मुद्दाको सुनुवाइ प्रक्रिया हुने उनले बताए ।
करिब ३ करोडको क्षति
आगजनी र तोडफोडबाट अदालतको माथिल्लो तला, रजिस्ट्रारको क्वार्टर, चार वटा गाडी, ३९ वटा कम्प्युटर, २० वटा प्रिन्टर, फर्निचरलगायत सामग्री नष्ट भएका छन् । यद्यपि शाखाअनुसार क्षतिको यकिन विवरण संकलनकै क्रममा रहेको सूचना अधिकारी कुँवरले जानकारी दिए । उनका अनुसार प्राविधिकहरूले क्षतिको पूरा विवरण ल्याउन बाँकी छ । प्रशासनको गरेको आकलनअनुसार भने करिब ३ करोडभन्दा माथिको क्षति भएको उनले बताए ।
न्यायाधीशले चढ्ने एउटा र अन्य तीन वटा गाडी पनि प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका थिए । भवनको माथिल्लो तला पनि काम गर्न नमिल्नेगरी जलेको छ भने बैठककक्ष, एसी र टीभीहरू पनि नष्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण