‘कर्णाली प्रदेश अस्पतालका कर्मचारीले सेवाग्राहीप्रतिको व्यवहार सुधार गर्नुपर्ने’
सुर्खेत । संरचनागत रूपमा नेपालकै उत्कृष्ट मानिएको कर्णाली प्रदेश अस्पतालमा कर्मचारीहरूको व्यवहारले सेवाग्राही हैरान छन् ।
कर्मचारीले सेवाग्राहीलाई निकै रुखो बोल्ने, थर्काउने गरेको गुनासोहरू आइरहेका छन् । बिहीबार जेनजी समूहले यही विषयमा अस्पतालका निर्देशकसँग छलफल मात्रै चलाएन, कर्मचारीको व्यवहार सुधार गर्नुपर्ने विषयमा सम्झौता नै गरेको छ ।
अस्पतालका निर्देशक डा. गणेश थापासँग जेनजी समूहका तर्फबाट प्रकाश खड्का लगायतका युवाहरूले पाँच बुँदे सहमति गरेका छन् । जसमा अस्पतालमाथि उठेका प्रश्नहरूलाई सुधार गर्नुपर्ने कुरा उल्लेख छ ।
‘इमर्जेन्सीमा आएका बिरामीहरूलाई अवस्था हेरी कागजी प्रक्रियालाई सहजीकरण गरी थप व्यवस्थित गर्नुपर्ने छ,’ सम्झौतामा भनिएको छ, ‘कर्मचारीहरूको व्यवहारलाई सुधार गर्ने ।’
यस्तै, अस्पतालमा टोकन लिने कार्यलाई डिजिटलाइज गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने, अस्पतालका हरेक शौचालय सफा र थप व्यवस्थित गर्नुपर्ने, पार्किङमा देखिएको समस्यालाई १५ दिनभित्र व्यवस्थित गर्ने लगायतका सहमति भएका छन् ।
सहमति पत्रमा अस्पतालका तर्फबाट निर्देशक गणेश थापा र जेनजी पतिनिधिका तर्फबाट प्रकाश खड्का र सुवास शाहीको हस्ताक्षर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण