भेटवार्ता
शीतल निवासमा प्रधानमन्त्री र दुई मन्त्रीको ४५ मिनेट, छलफल चुनावमै केन्द्रित
बिहीबार, २३ असोज २०८२, २० : १९
सारांश
- प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगे।
- भेटमा समसामयिक राजनीतिक विषय र चुनावबारे छलफल भयो, जसमा निर्वाचन समयमै गराउने विषयमा जोड दिइयो।
- राष्ट्रपतिले समयमै चुनाव गराउनुपर्नेमा जोड दिए भने प्रधानमन्त्रीले आयोगमार्फत तयारी भइरहेको जानकारी गराए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र दुई मन्त्रीले भेट गरेका छन् ।
प्रधानमन्त्रीसहित अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेल राष्ट्रपति पौडेललाई भेट्न बिहीबार अपराह्न शीतल निवास पुगेका हुन् ।
सो क्रममा समसामयिक राजनीतिक साथै चुनावका सन्दर्भमा छलफल केन्द्रित रहेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।करिब ४५ मिनेट लामो भेटवार्तामा निर्वाचन गराउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
भेटवार्तामा राष्ट्रपति पौडेलले समयमै चुनाव गराउनुपर्नेमा जोड दिएका थिए ।त्यसैगरी कार्कीले पनि समयमै निर्वाचन गराउने विषयमा आयोगमार्फत आवश्यक तयारी भएको जानकारी गराएकी थिइन् । आजै निर्वाचन आयोगले समेत निर्वाचनबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण