आखेटोपहारसहित दुई जना पक्राउ
बिहीबार, २३ असोज २०८२, २१ : ३१
सारांश
- तारकेश्वर नगरपालिकाबाट सालकको खपटा र छाला सहित २ जना पक्राउ परेका छन्।
- प्रहरीले करिब दुई किलोको आखेटोपहारसहित नुवाकोट र बेलकोटगढीका २ जनालाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ।
काठमाडौँ । तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गानालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण