रुस र ताजिकिस्तान भरपर्दो सहयोगी भएको पुटिनको दाबी
सारांश
- रुसी राष्ट्रपति पुटिनले ताजिकिस्तान रुसको भरपर्दो सहयोगी भएको बताएका छन्।
- पुटिन र रहमोनबीचको वार्तामा व्यापार, संस्कृति र सुरक्षा लगायतका विषयमा छलफल भयो।
- दुवै पक्षले साना उद्योगमा व्यापार, यातायात र लगानीसम्बन्धी सहयोग सम्बन्धी विभिन्न दस्ताबेजमा हस्ताक्षर गरे।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ताजिकिस्तान भरपर्दो सहयोगी भएको र रुसले ताजिकिस्तानसँगको सम्बन्धलाई महत्त्व दिने बताएका छन्।
दोस्रो रुस–मध्य एसिया शिखर सम्मेलन र ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स हेड अफ स्टेट काउन्सिल’को बैठकमा भाग लिने क्रममा ताजिकिस्तानमा रहनुभएका रुसी राष्ट्रपतिले इमोमाली रहमानसँगको वार्तामा ताजिकिस्तानलाई रुसको भरपर्दो सहयोगी भएको बताएका हुन् ।
वार्ताका क्रममा रहमोनले व्यापार, संस्कृति र सुरक्षाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगमा द्विपक्षीय सम्बन्धहरूमा निरन्तर प्रगतिको बारेमा चर्चा गरेका थिए।
वार्तापछि दुवै पक्षले ताजिकिस्तानको साना उद्योगमा व्यापार, यातायात र लगानीसम्बन्धी सहयोग सम्बन्धी विभिन्न दस्ताबेजमा हस्ताक्षर गरेका छन् ।
बिहीबार नै राष्ट्रपति पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँग भेटवार्ता गरेका थिए । भेटमा रुसी नेता पुटिनले रुसले युक्रेनी ड्रोनलाई लक्षित गरी क्षेप्यास्त्र परिचालन गरेको र ती विमानबाट केही मिटर टाढा विस्फोट हुँदा यसै वर्षको सुरुमा अजरबैजानको विमान दुर्घटना भएको पहिलो पटक औपचारिक रूपमा स्वीकार गरेका थिए ।
उनले उक्त दुखद घटनाका लागि क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै काम गर्ने र सबै अधिकारीहरूको जिम्मेवारीको कानुनी मूल्याङ्कन गरिने बताएका थिए।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण