बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी-पहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग

शुक्रबार, २४ असोज २०८२, ०८ : ३०
शुक्रबार, २४ असोज २०८२

सारांश

  • बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड अवरुद्ध छन्।
  • बीपी राजमार्ग, कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग र मेची राजमार्गमा पहिरोका कारण आवागमन बन्द छ।
  • रसुवागढीस्थित नेपाल-चीन नाका जोड्ने मितेरी पुलमा बाढीले क्षति पुर्‍याएको छ।

काठमाडौँ । बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।  

त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

मेची राजमार्गको इलाम खण्ड र तमोर कोरिडोर  पनि पहिरोको कारण अवरुद्ध रहेका छन् ।

558049480_1124542113141644_316503003794274488_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप