रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, २४ असोज २०८२, ०९ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ, जसमा विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ।
- विस्तारित बैठक, विपद् व्यवस्थापन, सद्भाव यात्रा र विविध विषय बैठकका कार्यसूचीमा छन्।
- आगामी महाधिवेशनका लागि मिति तय गर्न रास्वपाले विस्तारित बैठक बोलाएको छ, र फागुनमा महाधिवेशन हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज बिहान ११ बजेबाट बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक चार घण्टा बस्नेछ । असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुन बैठक बस्न लागेको झाको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुनेछ । विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान,सद्भाव यात्राको कार्यसूची र विविध बैठकका कार्यसूची रहेका छन् ।
रास्वपाले आगामी कात्तिक १४ र १५ गते बस्नेगरी विस्तारित बैठक बोलाएको छ । उक्त बैठकले आगामी महाधिवेशनको टुङ्गो लगाउने बताइएको छ । त्यस्तै रास्वपाले फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण