काठमाडौँमा र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्विकृति नदिने निर्णय
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानमा मोटरसाइकल र्याली र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको छ।
गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।
सूचनामा भनिएको छ, ’विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’
जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित सूचनामा प्रशासनले पूर्व स्वीकृति विना कुनै पनि प्रकारका र्याली, सभा वा प्रदर्शन नगर्न र नगराउन सबैलाई सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण