सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अवरुद्ध बिपी राजमार्ग खुल्यो

शुक्रबार, २४ असोज २०८२, १६ : २५
शुक्रबार, २४ असोज २०८२

सारांश

  • लगातारको वर्षाले क्षति पुर्‍याएपछि बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ।
  • राजमार्ग काभ्रे र सिन्धुलीका १३ स्थानमा क्षति पुगेको थियो, जसलाई अस्थायी मर्मत गरिएको छ।
  • आइतबारबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आउने बताइएको छ, सडक खुलाउन डाइभर्सन निर्माण गरिएको छ।

काठमाडौँ । बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट  संघीय राजधानी काठमाडौंलाई बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो । 

राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए ।  सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने उनले बताए  ।

अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । काभ्रेको कटुन्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप