जेनजी आन्दोलनका शहीद विनोदको परिवारलाई ललितपुर महानगरको आर्थिक सहयोग
ललितपुर । ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ललितपुरका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै युवाहरूले भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।
ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी महर्जनको परिवारलाई पाँच लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
महानगरको असोज १० गते बसेको बैठकले शहीद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले शहीद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए । जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरूको ज्यान गएकोमा दुख व्यक्त गर्दै ललितपुर महानगरको लागि विनोदको निधनले अपूरणीय क्षति भएको बताए । विनोद महानगरको वडा नम्बर ७ का बासिन्दा हुन् ।
कार्यक्रममा विनोदकी आमा लटमाया महर्जन, दिदी विन्दु महर्जन र दाइ काजीरत्न महर्जन उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण