बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपालगञ्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

शुक्रबार, २४ असोज २०८२, १८ : ३०
शुक्रबार, २४ असोज २०८२

नेपालगञ्ज । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगञ्जमाा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । 

रङ्गशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मङ्सिर १८ गते हुनेछ ।

रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक चाहना शाहले बताए ।

उनले भने,‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरू हुने गरेका छन् । हामीले खेलकुदमा आफ्नो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरूको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौँ ।’

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रङ्गशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले बताए ।

अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिनेछ । लुम्बिनी स्पोर्टस् अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, सङ्घ,संस्था, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरूसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रङ्गशाला नेपाल मिडिया प्रालीका निर्देशक खत्रीले बताए ।

अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्ने आयोजकले विश्वास लिएको खत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप