कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
सारांश
- नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ।
- कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्व गुमाएको जनाएको छ।
- कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । कांग्रेस पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी अन्दोलनमा सहभागी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।
कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण