बाढी पहिरोका कारण अझै अवरुद्ध छन् चार राजमार्ग
सारांश
- बाढी पहिरोका कारण देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्, नेपाल प्रहरीको विवरणअनुसार।
- सङ्खुवासभाको भोटेखोला र मकालु गाउँपालिकामा कोशी राजमार्ग अवरुद्ध छ।
- इलाममा मेची राजमार्ग र रसुवामा पासाङल्हामु सडक खण्ड बाढी पहिरोले अवरुद्ध पारेको छ।
काठमाडौँ । बाढी पहिरोका कारण अझै चार मुख्य सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर चार राजमार्ग अवरुद्ध रहेका छन् ।
सङ्खुवासभा भोटेखोला गाउँपालिका वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । यस्तै इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरूमा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध रहेको जनाइएको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३ मा बाढी पहिरोका कारण पासाङल्हामु सडक खण्ड पूणरुपमा अवरुद्ध रहेको छ ।
यसैगरी काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा लगायतका स्थानमा पहिरोका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको समेत विवरणमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण