नेपाली सेनालाई लाञ्छना नलगाउन भूतपूर्व सैनिकहरूको आग्रह
सारांश
- भूतपूर्व सैनिकहरुले नेपाली सेनालाई लाञ्छना नलगाउन आग्रह गरेका छन्।
- सैनिक अधिकारीहरूले जेनजी आन्दोलनमा सेनाको भूमिकाको प्रशंसा गर्दै सेनाको बचाउ गरेका छन्।
- डा. प्रेमसिंह बस्न्यातले नेताहरूलाई सेनाबारे बोल्नुअघि नियम हेर्न सुझाव दिएका छन्।
काठमाडौँ । भूतपूर्व सैनिकहरू ले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारी लगायतले जेनजी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको बताएका हुन्।
सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात ले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए। उनले नेपाली सेनाले राम्रो काम गर्दा पनि बदनाम सहनुपरेको गुनासो गरे।
बस्न्यातले केपी ओली, प्रचण्ड लगायतका नेताहरूलाई सेनाको विरुद्धमा बोल्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न सुझाव दिएका छन्।
त्यसैगरी, अवकाशप्राप्त सेनानी वासुदेव अधिकारी ले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताए। उनले राष्ट्रलाई असर पर्नेगरी नलेखिदिन र नबोलिदिन समेत सबैसमक्ष आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण