बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

भारतबाट झलनाथको पत्र : कुबेलाको सहनाई नबजाऔँ

आइतबार, २६ असोज २०८२, १३ : ००
आइतबार, २६ असोज २०८२

सारांश

  • झलनाथ खनाल, पत्नीको उपचारका लागि भारतमा छन्, र पार्टी एकताबारे धारणा पठाएका छन्।
  • खनालले जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित भएको र पुनर्गठन आवश्यक रहेको बताए।
  • उनले पार्टी एकीकरणको अहिले उपयुक्त समय नभएको र ४ वर्षे विद्रोहको समीक्षा गर्नुपर्ने धारणा राखे।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल यतिवेला भारतको दिल्लीमा छन् । जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि खनाल उनको उपचारका क्रममा भारतमा रहेका हुन् । यहीबेला नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय काठमाडौँमा बसिरहेको छ । बैठकमा पार्टी एकताबारे छलफल र गृहकार्य समेत भइरहेको छ ।

पार्टी बैठक चलिरहेका बेला नेता खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका छन् । खनालले सचिवालय बैठकलाई पठाएको पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित हुँदै गएको बताएका छन् ।

‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ’, खनालले पठाएको पत्रमा उल्लेख छ ।

साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

‘तपाईँ हामी देखिरहेका छौँ । हरेक साना ठुला पार्टीहरूमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ’, खनालले भनेका छन् । उनले पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग भन्दै फगत पुस्तावादको माग गात्र नभएको बताएका छन् ।

‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन’, खनालले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’

साथै उनले सबभन्दा पहिले ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरेर ठिक बेठिकबारे दूधको दूध र पानी छुटाउनुपर्ने बताएका छन् ।

यस्तो खनालले सचिवालयमा पठाएको धारणा :

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप