झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद
आइतबार, २६ असोज २०८२, ११ : २३
सारांश
- झापा प्रहरीले कमल गाउँपालिकाबाट एसएलआरको ५५ राउन्ड गोली बरामद गरेको छ।
- जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले प्रहरीबाट गोली लुटेको खुलेको छ।
- दमकबाट प्रहरीले ३०३ राइफल बरामद गरेको छ, जुन प्रदर्शनकारीले लुटेका थिए।
काठमाडौँ । प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद गरेको छ । झापाको कमल गाउँपालिकाबाट गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी दिपेश कार्कीले रातोपाटीलाई बताए ।
सो गोली जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले प्रहरीबाट लुटेको थाहा भएको छ । आइतबार प्रहरीले दमकबाट एउटा (३०३) राइफल पनि बरामद गरेको छ । सो राइफल इलाका प्रहरी कार्यालय दमकबाट प्रदर्शनकारीले लुटेको डीएसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण