यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु
सारांश
- भदौ २४ गतेको आन्दोलनका कारण बन्द भएको बाँकेको यातायात व्यवस्था कार्यालयले सेवा सुरु गरेको छ।
- कार्यालय नेपालगन्जको सामाजिक विकास डिभिजनमा स्थानान्तरण गरिएको छ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा सुचारु गर्न निर्देशन दिएका छन्।
बुटवल । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो ।
नेपालगन्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । आज मुख्यमन्त्री चेतनारायण आचार्य सेवा सञ्चालनको अवस्थाबारे जानकारी दिँदै पुरानै लयका कामलाई फर्काउनको लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री आचार्य नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डल आज उक्त कार्यालयमा पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए । उक्त यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरू हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
-
जेनजीलाई बिर्सेको बालेन सरकार
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण