बिपी राजमार्गमा सवारी जाम, तस्बिरहरू
मकवानपुर । बिपी राजमार्गको घुमाउनेमा सवारी जाम रहेको छ । बाटो फराकिलो बनाउने काम भइरहेको हुँदा निर्माण स्थानदेखि नार्केसम्म करिब ५ किमी सवारी जाम रहेको हो ।
उक्त सडकमा सवारी सञ्चालन र मर्मतको काम निरन्तर रहेकाले एकतर्फी रूपमा सवारीहरू आवतजावत गराइएको छ ।
बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए ।उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ ।
कार्यालय ५ दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।
राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको २ स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रूपमा यातायात सञ्चालन गरिएको उनले बताए ।
_3U5SMWSz4a.jpg)






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण