सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

धादिङबाट २१९ केजी गाँजा र अफिम सहित दुई जना पक्राउ

आइतबार, २६ असोज २०८२, २० : ०९
आइतबार, २६ असोज २०८२

काठमाडौँ । प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित खटौतीबाट ठुलो परिमाणमा गाँजा र अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । 

भारतीय नम्बर मिनिट्रकमा लुकाएर चितवन तर्फ लैजाँदै गरेको अवस्थामा २१९ केजी गाँजा बरामद गरिएको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

प्रहरीले बिआर–०१ जिबी–८६५३ नम्बरको ट्रकमा सवार आरोपीहरूको साथबाट १२० ग्राम अफिम पनि बरामद गरेको छ । 

पक्राउ पर्नेमा पर्सा घर भएका दुई जना छन् । उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको एसपी रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप