पाँचथरबाट फरार ११ कैदी पक्राउ
सारांश
- पाँचथर प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुनसरीको झुम्का कारागार र ललितपुरको नख्खु कारागारका कैदीहरू रहेका छन्।
- फरार कैदीहरू जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा सजाय भोगिरहेका थिए।
पाँचथर । जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पाँचथरमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो । उनीहरु भागेर गाउँ आएको समयमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका–१ का घनेन्द्र तामाङ, फिदिम नगरपालिका–१ का विनय नेम्बाङ, फिदिम–५ का मङ्गलसिं तुम्बापो, फिदिम–११ का गजेन्द्र परियार दर्जी र फिदिम–१२ का मिलन थाम्सुहाङ, तुम्बेवा गाउँपालिका–५ का गोपाल बोहोरा, हिलिहाङ गाउँपालिका–७ का चक्र तामाङ, हिलिहाङ–४ का किरण पोखरेल, मिक्लाजुङ गाउँपालिका–५ का सन्तवीर लावती, फाल्गुनन्द गाउँपालिका–३ का देशबहादुर तामाङ र याङवरक गाउँपालिका–३ का उदेश नुगो छन् । उनीहरु गत भदौ ३० गतेदेखि यही असोज २४ गतेसम्ममा जिल्लाका विभिन्न स्थानबाट प्रकाउ परेका हुन् ।
पक्राउ परेकाहरु जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन् । पक्राउ परेका कैदीलाई सम्बन्धित कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कर्णले बताए । देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी यहाँ आएर लुकिछिपी बस्ने सम्भावनाका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण