लगानीकर्ता र कर्मचारीको दोहोरो घेरामा धितोपत्र बोर्डका पदाधिकारी
आइतबार, २६ असोज २०८२, २३ : ३७
सारांश
- नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरू लगानीकर्ता र कर्मचारीको घेरामा परे।
- कर्मचारीहरू एक महिनादेखि बोर्डको सेवा सुविधाको विषयमा आन्दोलनमा थिए।
- लगानीकर्ताहरू बजार घटेपछि बोर्ड बैठकमा पुगेर पुँजीबजार सुधारको माग राखे।
काठमाडौँ। नेपाल धितोपत्र बोर्डका पदाधिकारी लगानीकर्ता र कर्मचारीको दोहोरो घेरामा परेका छन् । आइतबार बोर्ड सञ्चालक समिति बैठकमा पुगेका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई लगानीकर्ता र कर्मचारीले घेराउ गरेका हुन् ।
बोर्डका सेवा सुविधा विवादका कारण एक महिनादेखि कर्मचारी आन्दोलनमा छन् । बजार घटेपछि आक्रोशित लगानीकर्ता बोर्ड बैठक बस्ने खबर पाएर बोर्डको कार्यालयमा पुगेका थिए ।
उनीहरुले पुँजीबजार सुधार सुझाव कार्यदलको सुझाव कार्यान्वयन हुनुपर्ने माग राखेका थिए । तर यसबारे आज कुनै निर्णय भएन ।
बोर्डका पदाधिकारीलाई प्रहरीले सुरक्षा दिएर घेरा बाहिर पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण