विश्वकप छनोट: सामोआविरुद्ध जापान ४ रनले विजयी
सारांश
- जापानले टी-२० विश्वकप छनोटमा सामोआविरुद्ध ४ रनको रोमाञ्चक जित दर्ता गर्यो।
- टस जितेर ब्याटिङ गरेको जापानले १६२ रन बनायो, जसमा अभिषेक आनन्दको ५५ रनको योगदान रह्यो।
- सामोआ १५८ रनमा सीमित हुँदा डेक्लन सुजुकीले ३ विकेट लिँदै जापानको जित पक्का गरे।
काठमाडौँ । जापानले सामोआविरुद्ध ४ रनको जित हासिल गरेको छ। आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्स चरणमा जापानले सामोआविरुद्ध ४ रनको जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन बनायो।
जापानका अभिषेक आनन्दले ४२ बलमा ५५ रन, केन्डेल काडोवाकी–फ्लेमिङले ३१ बलमा ३५ रन र इब्राहिम ताकाहासीले १४ बलमा ३० रनको योगदान दिए। सामोआका बलर डेरियस भिसरले ३ विकेट लिए भने कालेब जस्माटले २ विकेट हात पारे।
१६३ रनको लक्ष्य पछ्याउँदै सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रनमै रोकियो। सामोआका सिन सोलियाले २३ बलमा ४१ रन र साउमानी तिआईले १७ बलमा ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
जापानका बलर डेक्लन सुजुकी–म्याककोम्बले ३.३ ओभरमा २९ रन दिँदै ३ विकेट लिए र जित सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण