इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन्
सारांश
- इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलामा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको जानकारी दिए।
- इजरायली प्रधानमन्त्रीको कार्यालयले दूतावासलाई जोशीको निधनबारे जानकारी गराएको थियो, जसपछि परिवारलाई खबर गरिएको हो।
- जोशी विद्यार्थी भिसामा इजरायल गएका थिए र हमासको आक्रमणका बेला किबुत्ज अलुमिममा थिए।
काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन्।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्। उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए।
'हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,' राजदूत पण्डितले रातोपाटीसँग भने, 'त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।'
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उनले भने, 'हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।'
विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए।
राजदूत पण्डितले शवको विषयमा कहिले प्राप्त गर्ने भन्ने विषय पनि स्पष्ट नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण