राजनीति
एजेन्डामा सहमति नजुटेपछि सर्यो कांग्रेस कार्यसम्पादन समिति बैठक
सोमबार, २७ असोज २०८२, १३ : ५७
सारांश
- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारियो, एजेन्डामा सहमति जुट्न सकेन।
- केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाबारे सहमति जुटाउन शीर्ष नेताहरु असफल रहे।
- महाधिवेशनबारे नेताहरुबीच फरक धारणा रहेका कारण कुरा मिल्न सकेको छैन।
काठमाडौँ । केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन ।
आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण