विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
सोमबार, २७ असोज २०८२, १४ : ५१
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले भने,“एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।”
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण