बागमती प्रदेश : अनुमति पाएको एक महिनाभित्र स्मार्ट लाइसेन्स वितरण गरिने
सारांश
- बागमती प्रदेशले स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया एक महिनाभित्र सुरु गर्ने घोषणा गरेको छ।
- सेवाग्राहीले लिखित र ट्रायल बाहेकका सबै प्रक्रिया अनलाइनबाट गर्न सक्नेछन्, जसले बिचौलियाको अन्त्य गर्नेछ।
- मन्त्रालयले तीन वर्षभित्र सम्पूर्ण फाइल प्रणालीलाई डिजिटलाइज गर्ने र यातायात कार्यालयलाई 'बिचौलिया निषेध क्षेत्र' बनाउने तयारी गरेको छ।
मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले संघीय सरकारको अनुमति पाएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ। सोमबार आयोजित पत्रकार भेटघाटमा मन्त्रालयले पारदर्शी शासन र डिजिटल सेवा प्रणालीतर्फ सशक्त कदम चालेको जनाएको छ।
अब सेवाग्राहीले लिखित र ट्रायलबाहेकका सबै प्रक्रिया अनलाइनमार्फत गर्न सक्नेछन्। सवारी कर, नवीकरण र अन्य विवरण ई-ब्लुबुक प्रणालीमार्फत अनलाइनमै गर्न सकिने व्यवस्था मिलाइँदैछ, जसले बिचौलियाको अन्त्य हुने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले आगामी तीन वर्षभित्र सम्पूर्ण फाइल प्रणालीलाई डिजिटलाइज गर्ने र यातायात कार्यालयहरूलाई ‘बिचौलिया निषेध क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ।
प्रदर्शनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको कर र नवीकरण दस्तुर मिनाहा गर्ने तथा सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीहरूको जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत अघि बढाइएको छ। मन्त्री जयराम थापाले भने, ‘अब सेवा लाइनमा होइन, अनलाइनमा छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण