केप भार्डी बन्यो विश्वकपमा छनोट हुने छैटौँ अफ्रिकन टोली
मङ्गलबार, २८ असोज २०८२, ११ : १७
सारांश
- केप भर्डेले इस्वातिनीलाई ३-० गोलले हराएर सन् २०२६ फिफा विश्वकपका लागि छनोट भयो।
- डेलोन लिभ्रामेन्टो, विली सेमेडो र स्टोपिराले गोल गरेर केप भर्डेलाई जित दिलाए।
- जितसँगै केप भर्डे समूह 'डी' को शीर्ष स्थानमा रह्यो र विश्वकपमा छनोट हुने छैटौं अफ्रिकी राष्ट्र बन्यो।
काठमाडौँ । केप भर्डे आगामी सन् २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ । सोमबार राति भएको खेलमा इस्वातिनीलाई ३–० गोल अन्तरले जित निकाल्दै केप भर्डे विश्वकपमा पुगेको हो ।
राष्ट्रिय रंगशालामा घरेलु टोली कोप भर्डेलाई जित दिलाउन डेलोन लिभ्रामेन्टो, विली सेमेडो र स्टोपिराले गोल गरे ।
खेलको ४८औं मिनेटमा लिभ्रामेन्टोको गोलमार्फत केप भर्डेले अग्रता लिएको थियो । ५४औं मिनेटमा सेमेडोले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा स्टोपिराले गोल गर्दै केप भार्डेलाई सहज जित दिलाए ।
जितसँगै १० खेलमा २३ अंक जोडेको केप भर्डे समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो । केप भर्डे आगामी विश्वकपका लागि छनोट हुने छैटौँ अफ्रिकन तथा समग्रमा २२औं राष्ट्र हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण