गाजा शान्ति योजना: स्टर्मरले ट्रम्पलाई भने, ‘यो तपाईंको उपलब्धि हो’
मङ्गलबार, २८ असोज २०८२, ११ : २८
सारांश
- बेलायती प्रधानमन्त्री किर स्टार्मरले गाजा शान्ति योजनामा हस्ताक्षर गरेपछि डोनाल्ड ट्रम्पको प्रशंसा गरे।
- स्टार्मरले इन्स्टाग्राममा ट्रम्पलाई 'यो तपाईंको उपलब्धि हो' भन्दै धन्यवाद दिए।
- सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा गाजा शान्ति योजनामा हस्ताक्षर भएको थियो, जसमा २० भन्दा बढी नेताहरू उपस्थित थिए।
लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले गाजा शान्ति योजनामा हस्ताक्षर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् ।
‘राष्ट्रपति ट्रम्प, यो तपाईंको उपलब्धि हो । यो अवसर सिर्जना गर्न तपाईंको अथक प्रयासको लागि म तपाईंलाई धन्यवाद दिन्छु,’ इन्स्टाग्राममा एउटा पोष्ट गर्दै स्टारमरले लेखेका छन् ।
बेलायत यस शान्ति योजनाको पूर्ण कार्यान्वयनलाई समर्थन गर्न तयार रहेको पनि स्टार्मरले बताए । सोमबार इजिप्टमा आयोजित शिखर सम्मेलनमा गाजा शान्ति योजनामा हस्ताक्षर गरिएको थियो ।
शिखर सम्मेलनमा विश्वभरका २० भन्दा बढी नेताहरू उपस्थित थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा इजिप्ट, कतार र टर्कीका नेताहरूले योजनामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण