‘कबड्डी ५’को छायाङ्कन सुरु
सारांश
- फिल्म 'कबड्डी ५' को छायाङ्कन मुस्ताङमा सुरु भएको छ।
- मुक्तिनाथ मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो।
- दयाहाङ राई, मिरुना मगर, र सिर्जना गुरुङको मुख्य भूमिका रहनेछ।
काठमाडौँ । फिल्म ‘कबड्डी ५’को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले सोमबारबाट मुस्ताङको लार्जुङ बस्तीबाट फिल्मको छायाङ्कन सुरु गरेको हो ।
मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ ।
फिल्म ‘कबड्डी’को अब पाँचौँ शृङ्खलाको रूपमा निर्माण हुन लागेको हो । ‘कबड्डी ४’बन्ने बेलामा निर्माण युनिटले ‘कबड्डी’को यो नै अन्तिम सिक्वेल भनेर प्रचार गरेपनि अहिले फेरि अर्को सिक्वेल बन्न लागेको हो ।
फिल्ममा ‘कबड्डी’ शृङ्खलाकै धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ । चौथौँ शृङ्खलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने यो फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।
फिल्ममा दर्शकले अभिनेत्री रिश्मा गुरुङ (मैयाँ)लाई पनि देख्न पाउनेछन् । ‘कबड्डी’को पहिलो र दोस्रो शृङ्खलामा उनी मुख्य भूमिकामा थिइन् । तेस्रोमा केमियोमा सीमित भएकी उनी चौथो शृङ्खलामा भने अटेकी थिइनन् । ‘कबड्डी ५’मा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछन् ।
रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौँमा हुनेछ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मको छायाकारमा सञ्जय लामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण