‘बाबु कान्छा’को शीर्ष गीत : बहुरुपिया सलोन
काठमाडौं – २९ असारबाट प्रदर्शनमा आउँने शोभित बस्नेत निर्देशित चलचित्र ‘बाबु कान्छा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको एकसाता अगाडि चलचित्र युनिटले शिर्ष गीत सार्वजनिक गरेको हो । चलचित्रको चर्चालाई थप उचाही दिन गीत रिलिज गरिएको निर्देशकको भनाई रहेको छ ।
गायक तथा संगीतकार शम्भुजित बास्कोटाको स्वर रहेको गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत रहेको छ ।
शोभित बस्नेतकै निर्माण रहेको ‘बाबु कान्छा’को यसअघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।
‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल , गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।
रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।
चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण