युवक र दीपशिखाले जिते गौघाट ग्रीन रनको उपाधि
सारांश
- गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जिते।
- खजुरा पालिकामा आयोजित ग्रीन रनमा विभिन्न प्रतिस्पर्धाहरू भए र विजेताहरूलाई पुरस्कार वितरण गरियो।
- कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन् ।
एघार वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत वर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशिखा च्याम्पियन बनेका हुन् ।
खजुरा पालिकाको सितापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला छात्रा २।५ किमीमा कोहलपुरकी दीपशिखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए ।
खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमर माविका युसुफ विक तृतीय भए । त्यसैगरी छात्रा २।५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा बिसी दोस्रो र अमर माविका विनीता पुलामी तेस्रो भए ।
विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरन गौतम, मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, वडाअध्यक्ष धनराम ओली, वर्ल्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरे ।
कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सदभावना दुत मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन् । सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व जोगिने उनको भनाइ थियो । ‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ । ’ श्रृच्छाले भनिन्¬‘आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नतर्फ लागौँ, स्वस्थ समाज निर्माण गरौं ।’ सोमबार मात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त गरिएको थियो ।
कार्यक्रममा खजुरा पालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा पालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सद्भावको मालामा जोड्ने बताए ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मङ्सिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण