भूमिहीनलाई जग्गा माग गर्दै तीनकुनेमा प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । भूमिहीनलाई जग्गा माग गर्दै प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौँको तीनकुनेमा भूमिहीनलाई जमिन माग गर्दै प्रदर्शन गरिएको हो ।
अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले प्रदर्शन गरेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि गठन भएको भूमि आयोग खारेज गरेको थियो।
भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरुले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका हुन् । उनीहरुले भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्ने माग राखेका छन् ।
प्रदर्शनमा सहभागीहरूले भूमिहीनलाई जमिन दे, भूमि आयोग पुनर्स्थापना लगायतका प्लेकार्ड देखाएका थिए । त्यसैगरी उनीहरुले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले किसानलाई होच्चाउने काम गरेको भन्दै किसानसँग माफी माग्नुपर्ने जनाएका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण