शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले के–के गर्यो निर्णय ?
कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
मंगलबार विश्वविद्यालय सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माहावीर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा केशरमहल, काठडमाडाैँमा पहिलो बैठक बसेको थियो। सो बैठक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम बसेको हो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (ग) मा अनुसार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सभा सदस्य रहने व्यवस्था छ।
बैठकले ऐनको परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (छ) बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनीत एक जना सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तलाई मनोनीत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (ठ) बमोजिम विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट सभाको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
प्राडा जयराज अवस्थी, दार्चुला, प्राडा अम्मराज जोशी, बझाङ, बैतडीका डा लवदेव अवस्थीलाई सदस्यमा निर्णय गरेको हो ।
यस्तै प्राडा संगीता राजभण्डारी, काठमाडौँ, डा डम्बरबहादुर पाल दार्चुला र कञ्चनपुरका सह प्रा अनुराधा रोकायालाई सदस्यमा मनोनयन गरेको हो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा २५ को उपदफा (१) बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।
प्राडा जयराज अवस्थी संयोजक, प्राडा दिपक महरा सदस्य र प्राडा भारती जोशी सदस्य रहने गरी समिति गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण