खेलाडी र खेललाई जीवित राख्नकै लागि भए पनि लिग गर्नुहोस् : अनन्त तामाङ
सारांश
- अनन्त तामाङले घरेलु लिग नहुँदा नेपाली फुटबलको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्।
- भियतनाममा ‘होम म्याच’ खेलेपछि लिग नहुने चर्चाले आफू निराश भएको उनले बताए।
- उनले एन्फालाई लिग गर्न र क्लबहरूलाई लिगको तयारी थाल्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले लगातार घरेलु लिग नहुँदा नेपाली फुटबलको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। भियतनाममा ‘होम म्याच’ खेलेपछि लिग नहुने चर्चाले आफू 'निराशाको अर्को चरणमा' पुगेको उनले फेसबुक पोस्टमार्फत जनाएका छन्।
अनन्तले लेखेका छन्, ‘मैदानबाहिरको अवस्था जे जस्तो भए पनि हामी खेलाडीले देशको लागि सधैँ शत प्रतिशत दिएका छौँ।’ उनले करिब तीन वर्षदेखि नेपालमा लिग नभएको उल्लेख गर्दै यसबिचमा धेरै खेलाडीहरू देश छाडेर गइसकेको बताएका छन्।
उनी अहिले बंगलादेशको क्लबमा अनुबन्धित भए पनि फुटबल टिम गेम भएकोले राष्ट्रिय टिममा खेल्ने र आउने खेलाडीले नियमित फुटबल खेल्न नपाउँदासम्म ठुला टिमसँग राम्रो नतिजाको अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ। यस्तै स्थिति कायम रहेमा नेपालले विगतमा हराउँदै आएका टिमसँग पनि सङ्घर्ष गर्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका छन्।
उनले एन्फालाई लिग गर्ने जिम्मेवारी पूरा गर्न आग्रह गर्दै क्लबहरूलाई समेत फुटबल टिम निर्माण गरेर लिगको तयारी थाल्न अनुरोध गरेका छन्।
उनले क्लबहरूलाई एन्फाको बाटो नताकी एन्फालाई लिग गराउन बाध्य पार्न अपिल गरेका छन्, अन्यथा क्लबहरू कागजमा मात्र सीमित हुने र खेलाडी पाउन मुस्किल हुने उनले बताएका छन्।
उनले लेखेका छन् :
मैदानबाहिरको अवस्था जे जस्तो भए पनि हामी खेलाडीले देशको लागि मैदान भित्र पसेपछि सधैँ शत प्रतिशत नै दिएका छौँ र दिनेछौँ पनि । हाम्रा प्रतिद्वन्द्वी लगातार उच्च स्तरको फुटबल खेलिरहेका हुन्छन्, तर हामीले आफ्नो देशमा लिग नखेलेको अब ३ वर्ष पुग्न लागिसक्यो । यसबिचमा मसँग करिअर सुरु गर्नुभएका, म भन्दा अघि खेल्न थाल्नुभएका र म भन्दा पछि खेल्न सुरु गर्नुभएका खेलाडी देश छाडेर गइसक्नुभयो । तर पनि हामी जो बाँकी छौँ, सेवा-सुविधा-लिग-प्रशिक्षण जे जस्तो भए पनि आफ्नो शत प्रतिशत दिएर खेलिरहेका छौँ । डटिरहेका छौँ ।
तर आज भियतनामको मैदानमा 'होम म्याच' खेलेपछि नेपालमा लिग नहुने भन्ने चर्चाले निराशाको अर्को चरणमा पुगेको छु । र मैले फुटबल खेल्न एन्फा एकेडेमी पस्दा कुनै दिन यो परिस्थितिको सामना गर्नुपर्छ भनेर सोचेको पनि थिइनँ ।
हो, म अहिले बंगलादेशको क्लबमा अनुबन्धित छु । तर अहिले म मेरो बारेमा मात्र सोच्छु भने स्वार्थी हुनेछु, किनकि फुटबल टिम गेम हो । जबसम्म मसँग राष्ट्रिय टिममा खेल्ने र राष्ट्रिय टिममा आउन घरेलु फुटबलमा खेल्ने खेलाडीले नियमित फुटबल खेल्न पाउँदैनन्, ठुला टिमसँग नतिजा अपेक्षा गर्नु गलत हुन्छ । ठुला टिम मात्र होइन, यस्तै स्थितिले निरन्तरता पाउने हो भने हामीले हराउँदै आएका टिमसँग पनि सङ्घर्ष गर्ने आँकलन गरिरहेको छु ।
एन्फाले लिग गर्ने जिम्मेवारी त निसङ्कोच पूरा गर्नु नै छ । सँगसँगै म सहभागी क्लबहरूलाई म एक फुटबल खेलाडीको रूपमा अनुरोध गर्छु, तपाईँहरू फुटबल टिम निर्माण गरेर लिगको तयारी थाल्नुहोस् । एन्फाले फुटबल गराउन बाध्य पार्नुहोस् । अझै पनि तपाईँहरू एन्फाको बाटो ताक्नुभयो भने, क्लबहरू मात्र कागजमा सीमित हुनेछन् र खेलाडी खोजेर पनि पाउने स्थिति हुँदैन ।
खेलाडी र खेललाई जीवित राख्नकै लागि भए पनि लिग गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण