४ बुँदे माग अघि सार्दै राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार
सारांश
- राप्रपाका दुई महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे।
- उनीहरूले महाधिवेशनको मिति तोक्न र विधान विपरीतका निर्णय फिर्ता लिन माग गरेका छन्।
- पार्टी प्रवक्ताका अनुसार बैठकमा पार्टीको धारणा र अधिवेशनबारे छलफल हुनेछ।
काठमाडौँ । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् ।
विधानबमोजिम महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।
यही जानकारीसहित महामन्त्रीद्वयले अध्यक्षलाई पत्र बुझाएर बैठक बहिस्कार गरेको एक नेताले जानकारी दिए । परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुको साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यस्तै साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि बैठकमा छलफल गर्नेगरी एजेण्डा बनाइएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण