फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली
सारांश
- केपी शर्मा ओलीले फेसबुकमार्फत अध्यक्षबाट हट्न भने पनि आफू नहट्ने बताएका छन्।
- ओलीले केही नेताहरूले नेतृत्व छाड्न आग्रह गरे पनि आफू कमिटीको निर्णय मान्न तयार रहेको बताए।
- ओलीले पार्टीका नेताहरूले बोकेर लैजान नसकिने कुरा गरे पनि आफू आफैँ हिँड्न सक्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गरेका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको बताए ।
‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु’, उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रश्न समेत गरे ।
‘हामी छाड्दैनौ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन’, उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन । यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु ।’ तर बाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर नेतृत्व छाड्न गरिएको आग्रह आफूलाई स्वीकार्य नहुने ओलीको भनाइ छ । ओलीले पार्टीकै कतिपय नेताहरूले तपाईंलाई त बोकेर जानै सकिँदैन भनेको गरेको सुनेको भन्दै आफू आफैँ हिँडन् सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण