शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कार्यवाहक सभापति खड्काले बुझे विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको फाइल

बुधबार, २९ असोज २०८२, १५ : ४८
बुधबार, २९ असोज २०८२

काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।

नेता गुरुराज घिमिरेको नेतृत्वमा भएको हस्ताक्षर सङ्कलन बुधबार अपराह्न ३ बजे कार्यवाहक सभापति खड्कालाई बुझाइएको हो ।

हस्ताक्षरको फाइल बुझेपछि खड्काले कुनै प्रतिक्रिया दिएनन् । मात्रै ‘जय नेपाल’ भने । नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएमा बुझाएको तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर, कसरी गर्ने र कुन कुन पदका लागि गर्ने भन्ने केही खुलाइएको छैन । 

फाइलमा २४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता घिमिरेले बताए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?