लिपमोटरको बी१० द्वारा एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं यात्रा पूरा
काठमाडौं। चीनको लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्ड लिपमोटरको नयाँ मोडल B10 ले काठमाडौं–पोखरा–काठमाडौं मार्गमा एकै चार्जमा सफलतापूर्वक यात्रा पूरा गरेको छ।
नेपालको प्रमुख अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ ले उक्त गाडीको वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा रेञ्ज टेस्ट सञ्चालन गरेको थियो। परीक्षण टोलीले काठमाडौंको उत्तरढोका स्थित लिपमोटर शोरुमबाट यात्रा सुरु गरी पोखरा लेकसाइड हुँदै पुनः काठमाडौं फर्कने करिब ४५० किलोमिटरको दूरी एकै दिनमा, एकै चार्जमा पूरा गरेको हो।
यो सफल परीक्षणले लिपमोटर B10 को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालका विविध भू–सांस्कृतिक सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ।
कम्पनीका अनुसार, यो उपलब्धिले लिपमोटरको दीर्घ दूरीका यात्रामा व्यावहारिक रेञ्ज, सहजता र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउँछ।
नेपालमा हालै भित्रिएको लिपमोटर B10 लाई प्रयोगकर्ताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। कम्पनीले निकट भविष्यमा नेपालभरका मुख्य शहरहरूमा सेवा र चार्जिङ नेटवर्क विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण