पोखरामा १८ औँ भाइटीका महोत्सव हुने
सारांश
- होटल संघ पोखराले तिहारको अवसरमा १८औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ।
- महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
- विभिन्न देशका पर्यटकले भाग लिने र तिहारको महत्वबारे जानकारी दिइनेछ।
कास्की । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उनले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टीका लगाउन आउने अपेक्षा गरिएको छ । महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने आयोजकले जनाएको छ ।
‘तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ’, पहारीले भने । लेकसाइडस्थित होटल पौवामा हुने महोत्वलाई महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन् । महोत्सवलाई गोर्खा बियर र सोमरसबीले सघाएको सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण