राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
बिहीबार, ३० असोज २०८२, ०८ : ५९
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गर्दैछ।
- नेकपा एमाले र नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको माग गरेका छन्।
- एमाले र कांग्रेस दुवै निर्वाचनमा सहभागी हुन सरकारको वातावरण हेर्ने बताइरहेका छन्।
काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई आयोगको कार्यालयमा बोलाइएको छ ।
तर नेकपा एमालेसहितका नेपाली कांग्रेसले संसद्को पुनः स्थापना गर्नुपर्ने माग गरेका छन् । नेकपा एमालेले सचिवालय बैठकबाटै निर्णय गरिसकेको छ भने कांग्रेस केन्द्रीय समितिबाट पार्टीको धारणा स्पष्ट गर्नेछ ।
कांग्रेस सरकारले वातावरण बनाएको खण्डमा निर्वाचनमा सहभागी हुने बताइरहँदा एमाले पनि संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाका लागि अदालत जाने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण