नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता
बिहीबार, ३० असोज २०८२, १३ : २५
सारांश
- नेपाली फुटबल टिम एएफसी एसियन कप छनोट खेलेर भियतनामबाट फर्कियो।
- भियतनाममा भएको खेलमा नेपाल दुवै खेलमा पराजित भयो।
- नेपाल अङ्कविहीन रहँदै छनोट चरणबाट बाहिरियो।
काठमाडौँ । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।
बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमलाई एन्फा पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।
तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । पराजयसँगै नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ । नेपाल अङ्कविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ ।
शीर्षस्थानमा रहेको मलेसियासँग १२ अङ्क रहेको छ भने भियतनाम ९ अङ्क सहित दोस्रो स्थानमा छ । लाओस ३ अङ्कका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण