नेपाल प्रहरीद्वारा ८५ पिकअप गाडी खरिदका लागि बोलपत्र आह्वान
बिहीबार, ३० असोज २०८२, २२ : ३२
सारांश
- प्रहरी प्रधान कार्यालयले कार्य सञ्चालनलाई प्रभावकारी बनाउन ८५ वटा नयाँ सवारीसाधन खरिद गर्ने भएको छ।
- प्रहरीले ७५ वटा पेट्रोल पिकअप र १० वटा विद्युतीय एस्कर्ट गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।
- बोलपत्र पेस गर्ने अन्तिम मिति कार्तिक १४ गते दिउँसो १२ बजेसम्म रहेको छ, र सोही दिन २ बजे बोलपत्र खोलिने छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी बनाउन ८५ वटा नयाँ सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले ७५ वटा पेट्रोल पिकअप (गस्तीका लागि) र १० वटा विद्युतीय एस्कर्ट गाडी खरिद गर्नका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना प्रकाशित गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र पेस गर्न अनुरोध गरेको छ।
सूचना अनुसार, इच्छुक कम्पनीहरूले कार्तिक १४ गते दिउँसो १२ः ०० बजेभित्र वेबसाइटमार्फत आफ्नो प्रस्ताव पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २ः ०० बजे खोलिनेछ।
यो खरिदले प्रहरीको नियमित गस्ती र सुरक्षा कार्यमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीका कैयन गाडीहरु जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण