ट्रम्प र पुटिन बुडापेस्टमा भेट्ने
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग हंगेरीको बुडापेस्टमा भेट्ने योजना बनाएका छन्।
- भेटमा युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुने र ट्रम्पले जेलेंस्कीसँग पनि छलफल गर्ने बताएका छन्।
- उच्चस्तरीय अमेरिकी टोली रुसी अधिकारीहरूसँग भेट्ने र पुटिनले पनि भेटघाटको प्रस्तावलाई समर्थन गरेका छन्।
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग बुडापेस्ट, हंगेरीमा भेट गर्ने योजना रहेको घोषणा गरेका छन्। यस भेटघाटमा उनीहरू युक्रेन युद्धको अन्त्यका लागि वार्ता गर्ने छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो योजना सार्वजनिक गर्दै पुटिनसँगको लामो फोन वार्ता ‘उत्पादक’ भएको बताएका छन्। उनले भने, ‘पुटिन र म बुडापेस्टमा भेट्नेछौँ र यस ‘अपमानजनक’ युद्धलाई अन्त्य गर्न प्रयास गर्नेछौँ। म भोलि ओभल अफिसमा राष्ट्रपति जेलन्स्कीसँग पनि भेट्नेछु र वार्ताका विषयमा छलफल गर्नेछु।’
ट्रम्पका अनुसार विदेश सचिव मार्को रुबियोको नेतृत्वमा उच्चस्तरीय अमेरिकी टोली रुसका अधिकारीसँग आगामी हप्ता भेट्नेछ, स्थान पछि तोकिनेछ।
रुसको क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले पनि यस भेटघाटको प्रस्तावलाई समर्थन गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा मध्यपूर्वमा शान्ति स्थापना र अमेरिकी–रुसी व्यापार सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण