माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध
सारांश
- खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गर्न स्थानीयलाई अनुरोध गरेको छ।
- गाउँपालिकाले परम्परागत संस्कृति जोगाउन कमेरो र रातो माटोले घर लिप्ने निर्णय गरेको छ।
- यस अभियानले घरको सौन्दर्य बढाउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ ।
गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।
उनीद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो ।
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भने । पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो ।
अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण