सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीले भने– ‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’

शुक्रबार, ३१ असोज २०८२, १२ : ४१
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले तोडफोड गरेको बताए।
  • ७० औँ प्रहरी दिवसको अवसरमा मन्त्री अर्यालले प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन पहल गर्ने बताए।
  • जेनजी प्रदर्शनमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई गृहमन्त्रीले सम्मान गरे।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताएका छन् ।

७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले भने– ‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।’

जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको मन्त्री अर्यालको भनाइ छ । अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको अर्यालले बताए । उनले भने– ‘प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयले गम्भीरताको साथ प्रयास गर्नेछ ।’

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ३ जना प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् । प्रदर्शनमा मृत्यु भएका असई मिलन राय र सहायक हवलदार अमृत गुरुङ सहितका परिवारलाई गृहमन्त्रीले सम्मान गरेका छन् ।

पछिल्लो केही दिनयता धार्मिक र साम्प्रदायिक विरोधले भाइचारामा खलल पार्ने दुष्प्रयास भइरहेको अर्यालले बताए । उनले भने– ‘साम्प्रदायिक विषयलाई समयमै इन्टरभेन गर्न म निर्देशन दिन चाहन्छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप